काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा बस्नेत

राष्ट्रपाटी न्युज

असार २०, २०८०

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा जितेन्द्र बस्नेत जाने भएका छन् ।

काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय मंगलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले सिडिओ बनाई पठाउन लागेको हो ।

बस्नेत यसअघि गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भई सकेका छन् ।


Published :असार २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media