जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

राष्ट्रपाटी न्युज

असार ३१, २०८०

रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालका अनुसार लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको हो ।

२८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो। उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालले जानकारी दिए ।


Published :असार ३१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media