पोखराबाट २४ तोला सुनसहित एक महिला पक्राउ

राष्ट्रपाटी न्युज

साउन २५, २०८०

काठमाडौँ । पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँबाट पोखरा आउने क्रममा उनलाई पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।

बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।


Published :साउन २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media