
बूढानिलकण्ठ। नेशनल प्याब्सन बूढानिलकण्ठ नगर कमिटीले नगर स्तरिय अन्तर विधालय बास्केटबल प्रतियाेगिता सम्पन्न गरेको छ।
यहि भाद्र ७ र ८ गते माउण्ट कैलाश स्कुल राम मन्दिर कपनमा संचालन भएको प्रतिष्पर्धामा बूढानिलकण्ठ नगर क्षेत्रका १७ वटा बिधालय सहभागी भएका थिए। लिग नियमको आधारमा संचालन गरिएको प्रतिष्पर्धामा बोधीसदन स्कुल प्रथम, साम्तेन मेमोरियल स्कुल द्वितीय र प्रशान्ती एकेडेमी र वेदव्यास बोर्डिङ स्कुल तृतीय बन्न सफल भएको एन प्याब्सन बूढानिलकण्ठका उपाध्यक्ष,माउन्ट कैलाश स्कुलका संस्थापक एबम कार्यक्रम संयोजक राजेश्वर तिवारीले जानकारी दिएका छन्।
कार्यक्रमका बिजेता तथा सहभागी टिमहरुलाइ ट्रफी, मेडल एबम प्रमाणपत्र सहित बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारिले सम्मान गरेका थिए।

