सुन प्रकरणमा बाराका शिवकुमार सर्राफ पक्राउ

सिमरा । ६१ किलो सुन प्रकरणमा बाराका शिवकुमार सर्राफ पक्राउ परेका छन् ।

सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका सर्राफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीबार कलैयाबाट पक्राउ गरेको हो ।

सर्राफलाई पक्राउ गरी काठमाडौं लगिएको छ । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा सर्राफको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको स्रोतले जनाएको छ ।  सर्राफ सुनचाँदी व्यवसायी महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत हुन् ।

उनी पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । यस प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा समेत पक्राउ परिसकेका छन् ।


Published :भदौ २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media