सर्लाहीको मलंगवामा कर्फ्यु आदेश

मलंगवा । सर्लाही सदरमुकाम मलंगवाको अवस्था शनिबार तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले कर्फ्यु आदेश जारी गरिएको  छ । शनिबार बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा शनिबार दिनभरी मलंगवा बजार क्षेत्र अशान्त बनेको थियो । स्थितिलाई नियन्त्रणका लागि नियन्त्रण गर्नका लागि कर्फ्यु जारी गरिएको हो ।

पूर्वमा झिम खोला, दक्षिणमा नेपाल भारत सीमा, पश्चिममा मुसैली नहर र उत्तरमा पेट्रोल पम्पभित्रको क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

दिनभरी मलंगवा तनावग्रस्त रहेको र रातिको समयमा हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि कर्फ्यु जारी गरिएको प्रजिअ यादवले जनाएका छन् ।


Published :भदौ २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media