सहमतिको मसी नसुक्दै आज फेरि चिकित्सकमाथि आक्रमण

राष्ट्रपाटी न्युज

अशोज १४, २०८०

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ । आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा.मनिष खड्कामाथि आक्रमण भएको हो।

बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा.खड्कामाथि हेलमेट प्रहार गरेका हुन्। चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

बिरामीको उपचारमा खटिएका आफ्ना सहकर्मीमाथि आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विरोधमा उत्रिएका छन्। उनीहरू अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन्।

उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको थियो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ  र आन्दोलित चिकित्सकबीच ६ बुँदे सहमति भएको थियो ।

सहमतिको मसी सुक्न नपाउँदै फेरि आज चिकित्सकमाथि आक्रमण भएको हो ।


Published :अशोज १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media