शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

राष्ट्रपाटी न्युज

अशोज २१, २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

आज बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ ।

यसअघि शिक्षामन्त्री  राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका थिए ।

उनले सहमतिबमोजिम शिक्षकहरुको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए ।

मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफै निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने स्पष्ट गरे ।


Published :अशोज २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media