प्रधानमन्त्री दाहालको छातीमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना

राष्ट्रपाटी न्युज

अशोज ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना  भएका हुन् ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।


Published :अशोज ३०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media