अस्पतालहरुमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्नूः स्वास्थ्य मन्त्रालय

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०८०

काठमाडौं । सरकारले सार्वजनिक बिदाका दिनमा अस्पतालहरूमा  आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दसैंमा  सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक चिकित्सकीय समूह  र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित नियकालाई अनुरोध गरेको हो।

‘सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह
आधारभूत आकस्मिक मेडिकल प्राविधिक,एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नहुन तथा राख्न लगाउनुहुन सरोकारवाला निकायहरूमा अनुरोध गर्दछौं,’प्रेस विज्ञप्तिमा उल्लेख  छ।

चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै मन्त्रालयले सेतो मासु,फलफूल र रेसादार खानेकुरा सेवन गर्न समेत अनुरोध गरेको छ।

चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका बिरामीलाई उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन १११५ र ११३३ मा सम्पर्क गर्न सकिने जानकारी गराएको छ ।


Published :कार्तिक ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media