रुकुम–पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर

राष्ट्रपाटी न्युज

मंसिर ४, २०८०

सुर्खेत । रुकुम–पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन भने सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जिप आज विहान चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक सडकबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका अनुसार उक्त जिप खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै थियो । घाइतेहरुलाई चौरजहारी अस्पताल लगिएको बताइएको छ।

जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


Published :मंसिर ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media