डा. केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन्।

डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए। अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदैछन्।


Published :पुस २, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media