भारतबाट फर्किएका दुईजनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परीक्षण गरिएको छैन।


Published :पुस ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media