एन प्याव्सन बूढानिलकण्ठको कार्यालय भोलि उद्घाटन गरिने

काठमाडौं। नेसनल प्याब्सन बुढानिलकण्ठले नेसनल प्याब्सनको २६ औ स्थापना दिवसको  अवसरमा भोलि  २७ पौष शुक्रबारको दिन आफ्नो कार्यालय उद्घाटन गर्ने भएको छ ।

कार्यालय उद्घाटन संगै नेसनल प्याब्सनिस्टहरुको उपस्थितिमा केक काटेर २६ औ स्थापना दिवस समेत भब्यताको साथ मनाईने नेसनल प्याब्सन बुनपाका अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिएका छन् ।

चियापान संगै शुभकामना आदानप्रदान गरिने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईको उपस्थिती हुनेछ भने नेसनल प्याब्सनका प्रदेश, जिल्ला, नगर एवम सरोकारवालाहरुको पनि उपस्थिति रहने नेसनल प्याब्सन  बूढानीलकण्ठका सहकोषाध्यक्ष गोबिन्द  धामीले जानकारी दिएका छन् ।


Published :पुस २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media