एन प्याव्सन बूढानिलकण्ठको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौं। नेसनल प्याब्सन बूढानिलकण्ठले नेसनल प्याब्सनको २६ औ स्थापना दिवसको अवसर पारेर आफ्नो कार्यालय उद्घाटन गरेको छ। बूढानिलकण्ठ नगरपालिकाका नगर प्रबक्ता नवराज भट्टराईले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटन संगै नेसनल प्याब्सनिस्टहरुको उपस्थितिमा केक काटेर २६ औ स्थापना दिवस समेत भब्यताको साथ मनाईको नेसनल प्याब्सन बूढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिएका छन् ।

चियापान संगै शुभकामना आदानप्रदान गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई रहेका थिए भने नेसनल प्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की ,उपाध्यक्ष डि एन महत्तो, काठमाडौं जिल्ला उपाध्यक्ष नारायण तिम्सिना, उपाध्यक्ष बिनय श्रेष्ठ लगायत काठमाडौं जिल्ला समितिका सदस्यहरु,बूढानिलकण्ठ नगर समितिका पदाधिकारी तथा सदस्यहरु एवम सरोकारवालाहरुको उपस्थिति रहेको थियो।


Published :माघ २, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media