प्याब्सकले प्रिन्सिपल कप फुट्सल प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । निजि तथा आबासीय बिधालय संगठन काठमाडौं (प्याब्सक)ले प्रिन्सिपल कप फ़ुट्सल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ। यहि असोज ३ गते बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको दिक्षालय फाउन्डेशन नेपालमा आयोजना हुने प्रतियोगितामा यस क्षेत्रका २१ बिधालयहरु सहभागी हुने कार्यक्रम संयोजक राजेन्द्र पुडासैनी (राजु ) ले जानकारी दिएका छन्।

निजि तथा आबासीय बिधालय संगठन काठमाडौं (प्याब्सक)ले एक पत्राकार सम्मेलन आयोजना गरि प्रतियोगिताको टाइसिट सहितको सम्पूर्ण बिषयहरु सार्बजनिक गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र चौथो स्थान प्राप्त गर्ने समुहलाई क्रमश १२००० ,६००० ,४५०० र ३००० नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

कार्यक्रममा बेष्ट प्लेयर ,बेष्ट गोल किपर र धेरै गोल गर्ने खेलाडीलाई सम्मान गरिने छ।

कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर ४ (२) का माननीय जयराम थापा रहने पुडासैनीले जानकारी दिएका छन्।


Published :अशोज १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media