अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

राष्ट्रपाटी न्युज

कार्तिक २१, २०८१

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। बुहमत सिट (२७०)भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनी अमेरिकाको ४७ औँ राष्ट्रपति बनेका छन् ।

निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन्। पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला ह्यारिसले २२४ सिट जितेकी छन्। आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए ।


Published :कार्तिक २१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media