
बुढानीलकण्ठ। बुढानीलकण्ठ- ६ का वडाध्यक्ष रवि खड्काले बुढानीलकण्ठ नगरपालिकामा यहि मङ्सिर ११ गते देखि गर्ने घोषणा गरेको आमरण अनसन स्थगित गरेका छन्। राष्ट्रपाटिसंग कुरा गर्दै उनले यहि मङ्सिर ११ गते तिन बजे आमरण अनसन शुरु गर्ने कार्यक्रम घोषणा गरेको भएपनि हाललाई उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्।
यहि मङ्सिर १० गते बसेको बुढानिलकण्ठ नगरपालिकाको ५५ औं कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ र ८ मा निर्माणाधीन खानेपानी योजनाको बाँकी काम गर्न आबस्यक पर्ने रकम नगरपालिकाले ब्यहोर्नु पर्ने सबै पैसा निकाशा गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार निर्माणाधीन खड्का गाउँ बृहत खानेपानी आयोजना च्यासुन्डोल बुढानिलकण्ठ -६ को बाँकी काम गर्न आबस्यक पर्ने रकम समेत भुक्तानी हुने भएकाले आमरण अनसनको कार्यक्रम स्थगित गरिएको वडाध्यक्ष खड्काको भनाइ छ।
खड्काले सामाजिक संजाल फेसबुक मार्फत निर्णय गर्ने नगर प्रमुख , उपप्रमुख , कार्यपालिका सदस्यहरु लगायत खानेपानी समिति , पुर्व माननीयहरु , नेकपा (एमाले)का नेताहरु र पत्रकारहरू सबैलाई हार्दिक बधाई तथा धन्यवाद समेत दिएका छन्।
करिव १७०० घरधुरीलाइ खानेपानीको व्यबस्था गर्ने योजना सहित निर्माणाधीन बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को खड्का गाउँ बृहत खानेपानी आयोजना च्यासुन्डोलको बिषय यो निर्णय पछि सल्टिएको छ भने त्यस क्षेत्रको खानेपानी समस्याको समाधान हुने अबस्था सिर्जना भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको ५५ औ कार्यपालिका बैठकको यो निर्णय संगै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको लोकेश्वर खानेपानी योजनाका बाँकी काम समेत पुरा हुने अबस्था सिर्जना भएको छ ।