टर्किएमा सैन्य हेलिकप्टर दुर्घटनामा पाँचजनाको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर २४, २०८१

अङ्कारा । टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा ब्रिगेडियर जनरल इसा बेडिल्ली, इस्पार्टा आर्मी एभिएसन स्कुलका कमान्डरको पनि मृत्यु भएको प्रान्तका गभर्नर अब्दुल्ला एरिनले बताउनुभयो । एम्बुलेन्स र अग्नि नियन्त्रकसहित आपत्कालीन प्रतिक्रिया टोलीहरू केसिबोर्लु जिल्ला नजिकै घटनास्थलमा तुरुन्तै पठाइएको छ । (रासस/सिन्ह्वा)


Published :मंसिर २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media