प्रधानमन्त्री ओलीद्वारा बुढानिलकण्ठ-२ को वडा कार्यालय उद्घाटन हुने

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन हुने भएको छ। यहि मङ्सिर २८ गते शुक्रबार दिनको २ बजे चपली घुम्तीमा रहेको कार्यालय उद्घाटन समारोहमा उपश्थित हुन वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सबैलाई आग्रह गरेका छन्।

सोहि दिन बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १० मा रहेको कपन ह्यान्डबलको बहुउदेश्यीय खेल मैदान तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १ र ७ को प्रशासनिक भवन समेत उद्घाटन हुने आयोजक बुढानिलकण्ठ नगरपालिकाले जानकारी दिएको छ।


Published :मंसिर २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media