श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु

कोलम्बो । श्रीलंकामा यो वर्ष अहिलेसम्म करिब ५० जंगली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी)ले सोमबार जनाएको छ।

सीईबीले देशको जैविक विविधताको प्रतीक जंगली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ।

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ। जंगली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ।

सन् २०२३ मा श्रीलंकामा ९० जंगली हात्तीको मृत्यु भएको तथ्यांकले देखाउँछ । (रासस/सिन्ह्वा)


Published :पुस ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media