
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाको सरकारी सम्पति संरक्षण तथा उपयोग समितिले आफ्नो काममा अर्को फड्को मारेको छ।
समितिले बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडामध्य वडा नं १,६,१३,१२,११ र १० का गरि ८५ वटा सार्बजनिक जग्गाको अबलोकन तथा फिल्ड भिजिट सम्पन्न गरिसकेको छ।
यस पश्चात समितिले अब एक चरण जग्गा नांप जांच गरि पिलर सहितको तार बार गर्ने योजना संचालन गर्न लागेको बुढानिलकण्ठ नगरपालिकाको सरकारी सम्पति संरक्षण तथा उपयोग समितिका संयोजक लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिएका छन्।
यस योजना अनुरुप समितिले शुरुमा नांप जांच गरेको वडा नं ८ गोल्फुटारको जग्गाबाट तारबारको काम शुरुवात गरिएको छ। उक्त कार्यको उद्घाटन नगरप्रमुख मिठाराम अधिकारीबाट आज एक समारोह विच सम्पन्न भएको छ।