प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह शुरु

काठमाडौं । २०८१ माघ ७ गते देखि प्रशान्ति एकेडेमी बुढानिलकण्ठ १२ कपनमा खेल सप्ताह सुरु भएको छ।आज एक समारोहका बीच
बुढानिलकण्ठ नगरपालिका वडा न ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता र बिभिन्न क्षेत्रका व्याक्तित्वहरुको उपस्थितिमा औपचारीक ऊद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

विविध सास्कृतिक कार्यक्रम, मार्चपास तथा तेक्वन्दो काता प्रदर्सनी लगायत अन्य गतिविधिहरु सहित उद्घाटन कार्यक्रम गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरुले रेफ्रि , खेल शिक्षक तथा प्रतियोगी विधार्थीहरुलाई खेल सामाग्रि लगायत झन्डाहरु हस्तान्तरण गरेका थिए।

सो खेलकुद सप्ताह माघ ११ गते शुक्रबारसम्म संचालन हुनेछ। खेलकुद सप्ताहमा खेलहरु विधालय परिसर र फुटसलमा समेत संचालन गरिने र विभिन्न १८ प्रकारका खेल विधामा ४८ ईभेन्ट्स हुने प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिएका छन् ।

प्रत्येक वर्ष संचालन गरिदै आएको यो प्रकारको खेल सप्ताह यो पटक पनि समुह खेललाइ आधारमानि सोही प्रकारका धेरै खेलहरु समावेस गरि संचालन गर्न लागिएको समेत प्रिन्सिपल बास्तोलाले वताए। खेल सप्ताहकालागी केही अगाडी देखी ने धेरै अभ्यास खेल संचालन गरेको विधालयको खेल सप्ताह वृहत रुपले संचालन हुनेछ।

यस पटक पनि अभिभावकका लागी समेत शुक्रबार केही खेल प्रतियोगीताहरु राखिएको छ। यस सप्ताहमा विभिन्न विधामा प्रथम, दितिय र तृतिय हुने विध्यार्थी तथा सदनलाई एक विशेष कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत विधालयले वताएको छ।

विध्यालय प्रिन्सिपल समिर बास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वाचन पर्यवेक्षण समिति नियोकका कोषाध्यक्ष तेज तिम्सिना, खेल विज्ञ वरिष्ठ प्रशिक्षक केशव गौतमको पनि विशेस अतिथिको रुपमा उपस्थिति थियो साथै एन प्याव्सन बागमति प्रदेस कमिटि र काठमाडौ जिल्ला कमिटि र स्थानीय स्काउट तथा संचारकर्मीबाट समेत प्रतिनिधिमुलक रुपमा उपस्थिति रहेको थियो।


Published :माघ ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media