
बुढानीलकण्ठ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन हुने भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १३, चुनीखेल, टुपेक स्थित ननिचोकमा कार्यक्रमको आयोजना गरिने वडाध्यक्ष टिका नारायण श्रेष्ठले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा सहभागी हुन वडा कार्यालयले वडास्तरीय सर्वदलीय प्रतिनिधिहरु, क्लव, संघसंस्था, जेष्ठ नागरिक, युवावर्ग, महिला, दलित, बालबालिका, आदिवासी/जनजाती, पिछडीएका वर्ग लगायत सम्पूर्ण सरोकारवाला व्यक्तिहरुलाई अनुरोध गरेको छ।
भोलि मिति २०८१/१०/१२ गते शनिबार विहान ७:३० बजे कार्यक्रममा उपश्थित हुन वडाध्यक्ष श्रेष्ठले सबैलाइ आग्रह गरेका छन्।
