मुरारी प्रसाद भण्डारीद्वारा माध्यमिक विद्यालय गडौलीखैरेनिलाइ विशेष सहयोग

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८२

काठमाडौं । गडौलीखैरेनि माध्यमिक विद्यालय गडौलीखैरेनिको शैक्षिक सुधार अभियानमा प्रशान्ती एकेडेमीका अध्यक्ष तथा शैक्षिक अभियन्ता मुरारी प्रसाद भण्डारीद्वारा Nursery, L.K.G. र U.K.G. का लागि ३१ सेट पाठ्यपुस्तक प्रदान गरिएको छ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सानो योगदान दिन पाउँदा आत्मिक सन्तोष मिलेको भन्दै भण्डारीले विद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यथासम्भव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यालय व्यवस्थापन समिति र स्थानिय समुदायले भण्डारीको यो योगदानलाई प्रशंसायोग्य भन्दै धन्यवाद ज्ञापन गरेका छन्।


Published :बैशाख ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media