राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय लिइने

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८२

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

ही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।


Published :बैशाख ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media