
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरस्तरिय सार्बजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण तथा उपयोग समितिले नाँप जाँच भइसकेका सार्बजनिक जग्गाहरुमा तारबार लगाउने कामको शुरुवात गरेको छ। केहि समय अगाडि देखि नियमित रुपमा तालिका बनाएर नै काम शुरु गरेको समितिले आज देखि नियमित रुपमा तारवार कार्य गर्ने संयोजक लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिएका छन्।
आज बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कार्यालय अगाडि नाँप जाँच भइसकेको सार्वजनिक जग्गामा नगर प्रमुख मिठाराम अधिकारीले तारवार कार्यको शुभारम्भ गरेका थिए। उक्त अबसरमा बुढानिलकण्ठ नगरस्तरिय सार्बजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण तथा उपयोग समितिका संयोजक तथा सदस्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
केहि महिना अघि बुढानिलकण्ठ नगरपालिका कार्यालयमा बसेको समितिको बैठकले हरेक हप्ताको आइतबार र बुधबार बिहान ८.०० बजे देखि फिल्ड भिजिट गर्ने, हप्ताको हरेक सोमबार र बिहिबार उजुरी निबेदनको सुनुवाई गर्ने, नांप जांच भई सकेका जग्गाहरुमा पोल गाड्ने र तारबार लगाउने साथै जग्गा बिबरणको साइनबोर्ड राख्ने निर्णय गरेको थियो ।