
बुढानीलकण्ठ। SWISS Help Desk प्रतिनिधि सब्रिना वुर्म्ली ले HELVETAS नेपालद्वारा सञ्चालित ENSSURE परियोजना अन्तर्गतको “Green Skill” कार्यक्रमको प्रगति अवलोकन गर्न बुढानीलकण्ठ नगरपालिकाको भ्रमण गरेकी छन् । भ्रमणका क्रममा उनले नगरपालिकाका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्दै परियोजनाको उपलब्धि र चुनौतीबारे जानकारी लिएकी थिइन् ।
उनले बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र प्रशासकीय अधिकृत महेश प्रसाद पाठकसँग भेटघाट गरी छलफल गरेकी थिइन् । छलफलमा “Green Skill” परियोजनाको कार्यान्वयन, वातावरण संरक्षण सम्बन्धी स्थानीय प्रयासहरू तथा भविष्यका योजनाहरूमा ध्यान केन्द्रित गरिएको थियो।
HELVETAS नेपालद्वारा सञ्चालित र स्वीस सरकारको सहयोगमा संचालित ENSSURE (Enhanced Skills for Sustainable and Rewarding Employment) परियोजना अन्तर्गत बुढानीलकण्ठमा विभिन्न वातावरणमैत्री पहलहरू सञ्चालनमा छन्।
मुख्य पहलहरु :-
-वातावरणीय शिक्षा स्थानीय पाठ्यक्रममा समावेश
-नगरपालिकाको भवन परिसर र अन्य स्थानहरूमा वर्षा पानी संकलन प्रणाली (Rainwater Harvesting)
-वातावरणीय दिगोपनमा आधारित सार्वजनिक–निजी साझेदारी (PPT) मोडेलको सफल कार्यान्वयन
नगरप्रमुख मिठाराम अधिकारीले प्रतिनिधि वुर्म्ली साथै HELVETAS NEPAL निर्देशक मनिष प्रधान, ENSSURE का टिम लिडर रविन्द्र बहादुर सिंह र बागमती प्रदेश म्यानेजर निर्मला मैनालिलाई स्वागत गर्दै नगरपालिकाको तर्फबाट मायाको चिनो (Token of Love) प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै सब्रिना वुर्म्लीले वातावरणीय संरक्षणमा बुढानीलकण्ठ नगरपालिकाको सक्रियता र ENSSURE परियोजनासँगको सहकार्यको प्रशंसा गर्दै “Green Skill” परियोजना स्थानीय तहमा सफलतापूर्वक कार्यान्वयन भइरहेको बताएकी थिइन् ।
यो भ्रमणले बुढानीलकण्ठ नगरपालिका र अन्तर्राष्ट्रिय विकास साझेदारहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको र वातावरणीय दिगोपन र सीप आधारित विकासमा योगदान पुर्याउने नगरपालिका कार्यालयले जनाएको छ।