बुढानिलकण्ठ-६ ले राख्यो नगरपालिकामै रेकर्ड

बुढानीलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नं-६ ले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। आर्थिक बर्षको शुरुवातमै वडा भित्रका सम्पूर्ण योजना तथा कार्यक्रम सार्वजनिक गर्दै वडा कार्यालयले बुढानिलकण्ठ नगरपालिकामै रेकर्ड राखेको हो।

वडा कार्यालयको सभाहलमा आयोजित विशेष समारोहमा वडाध्यक्ष रवी खड्काले वार्षिक योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका थिए । उक्त अबसरमा वडा सदस्यहरु राजु भण्डारी,मुना महर्जन, सुनिल महर्जन र मेनुका भुषालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं-६ मा आर्थिक बर्ष २०८२/०८३ मा केन्द्रिय , प्रदेश र नगर स्तरीय गरि २४ करोड ६२ लाख भन्दा बढीको बजेट आएको वडाध्यक्ष रवि खड्काले जानकारी दिएका छन् ।


Published :साउन ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media