स‍र्वोच्चद्वारा देउवाको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, कांग्रेस महाधिवेशन गर्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया तथा पार्टीका अन्य गतिविधि रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशहरू मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासले दुवै रिटमाथि सुनुवाइ गरेपछि निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न आवश्यक नभएको ठहर गरेको हो।

सर्वोच्चको यो आदेशसँगै नेपाली कांग्रेसको जारी महाधिवेशन प्रक्रिया तत्काल रोक्नुपर्ने अवस्था टरेको छ। यससँगै पार्टी सभापति गगन थापा नेतृत्वको पक्षलाई महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

देउवा र खड्काले महाधिवेशन प्रक्रिया तथा पार्टीका गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


Published :भदौ ११, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media