रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौँ । नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनल पुग्न सफल भएका छन् । आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन् । उनी अन्तिम चरणमा सानदार कमब्याक गर्दै फाइनल पुग्न सफल भएका हुन् । तीन राउण्डको खेलमा रेफ्रीको डिसिजनको आधारमा रवीन्द्र विजयी भए ।

उनले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने छन् ।


Published :भदौ १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media