बाढीको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ । रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रोकिएका सवारी साधन अवस्था सामान्य भएपछि पूर्ण रूपमा सञ्चालन गरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौंतर्फ जाने र आउने सबै किसिमका सवारी साधनहरूको आवगमन सुचारु भएको छ। यसअघि भोटेकोशी नदीमा बाढी आएको सूचनाका आधारमा सम्भावित जोखिम रोक्न सडक आवागमन बन्द गरिएको थियो।

राजमार्ग खुले पनि जोखिमयुक्त स्थानमा होसियार रहन, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिन चितवन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।


Published :भदौ १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media