एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। बुधबार उनले धादिङ र नुवाकोटको केही क्षेत्र अवलोकन गरेका हुन्।

ओलीले धादिङको गल्छी र नुवाकोटको बेलकोटगडी क्षेत्रको अवलोकन गरेका हुन्। त्यस क्रममा उनले बाढी पीडितको गुनासो सुनेका थिए। ओलीसँगै पार्टी महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेतलगायत पनि त्यस क्षेत्रमा पुगेका थिए।

एमालेको भातृसंस्थाहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्टलगायतले प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम गरिरहेको एमालेले जनाएको छ।


Published :भदौ १७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media