थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ७९९ पुगेको छ ।


Published :भदौ ३०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media