थप ७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् ।


Published :अशोज ४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media