सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर कायम

राष्ट्रपाटी न्युज

२३ मंसिर २०७७

काठमाडौं- सर्बोच्च शिखर सगरमाथाको पछिल्लो पटक मापन गरिएको उँचाइ सार्वजनिक गरिएकोछ । नापी विभागमा सार्वजनिक तथ्याङ्क अनुसार अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

नयाँ उचाइ ८६ सेन्टिमिटरले बढेको हो। यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो ।

नापी बिभागको आफ्नै जनशक्ति प्रयोग गरी बिभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क प्रशोधन गरी सगरमाथाको उचाइ सम्बन्धी पछिल्लो परिणाम निकालिएको बिभागले जनाएको छ ।

सगरमाथाको उँचाइ बारे मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल भैसकेको बिभागले जनाएको छ ।

नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गरेको हो ।।


Published :२३ मंसिर २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media