केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनका अनुसार बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।आजको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए।

बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ।


Published :पुस ५, २०७७


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media