केपी शर्मा ओली र माधव नेपाल वान अन वान वार्तामा

काठमाडौं– सत्तारुढ नेकपा एमालेमा लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ करिव दुइ घण्टा भेट भएको छ । उनिहरूबीच नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।सुरुमा अर्थ मन्त्रालयको कार्यक्रमका लागि मेरियटमा रहेका अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल सहभागी भएका थिए । तर, दुवै नेताबीच वार्ता सुरु भएपछि पौडेल भने बाहिरिएका थिए। ।मंगलबार एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले माधव नेपालसहित २७ संघीय सांसद र पाँच जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेका थिए। ।


Published :८ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media