भोलिदेखि सबै परीक्षा स्थगित गर्न सीसीएमसीले सिफारिस गर्यो

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७८

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढिरहेकाकाले परीक्षा स्थागित गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वार पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको पाण्डेले बताए ।विद्यार्थीमा कोरोना संक्रमण देखि स्थानीय तहलाई नै लडडाउन गर्न आग्रह गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ ।

त्यस्तै बैठकले सीमानाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


Published :१२ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media