आज एकै दिनमा ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७८

काठमाडौं– नेपालमा गत २४ घण्टामा ५७२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५,९१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । ९२८ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । नेपालमा निको हुने दर घट्दै ८६ दशमलव ९ प्रतिशत पुगेको छ ।
२४ घण्टामा उपत्यकामा २,९५६ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी २९५६ कोरोना संक्रमित थपिएका हुन्।


Published :१७ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media