कोरोना त्रास बढ्दै ,नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७८

काठमाडौं– नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६१२ जना निको भएर घर फर्किएका छन् ।
गत २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने ३५९५ जना संक्रमित भएका छन् । काठमाडौंमा २७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भए ।


Published :१९ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media