लुम्बिनीको मुख्यमन्त्रीमा पुन: पोखरेल नियुक्त, बिबिध गठजोडहरु बन्दै, संघियता कै बदनाम

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७८

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसै बीच नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले पदबाट राजीनामा दिएका छन्। शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


शंकर पोखरेललाई पुन: मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले हस्ताक्षर संकलन गरेका छन् । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाएका छन् ।तर, विपक्षीले यसलाई गैर संवैधानिक भन्दै सच्याउन माग गरेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरदिन खाँनले अल्पमत पक्षलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखले संविधान उल्लंघन गरेको आरोप लगाए ।


नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित भएका दुई जना सांसद कांग्रेस-माओवादी गठबन्धनमा लागेका छन् ।शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मवहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजिनामा दिए पनि आफूहरुले राजिनामा नदिएको अजय शाहीले बताए ।
शाही हृदयेश त्रिपाठीसँगै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट निर्वाचित भएका थिए । श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित हुन् ।


Published :१९ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media