राष्ट्रियसभा सदस्य उपनिर्वाचन : गृहमन्त्री थापा,देवकोटा र तामाङको उम्मेदवारी दर्ता

राष्ट्रपाटी न्युज

२४ बैशाख २०७८

काठमाडौं– राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ ।

हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा, देवकोटा र तामाङको उम्मेदवारी दर्ता भएको छ । थापाको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

देवकोटाको प्रस्तावक माओवादी केन्द्रका वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेका छन् ।

नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

गृहमन्त्री थापाले दल त्याग गर्दै एमाले प्रवेश गरेपछि पद रिक्त भएको थियो । जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।


Published :२४ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media