वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न राष्ट्रपति द्वारा सूचना जारी

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७८

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै ३० बैशाख साँझ ९ बजेसम्म बहुमत पुर्‍याएर आउन दलहरूलाई आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी हुन् ।


Published :२७ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media