ओली- नेपाल भेटवार्ता :- १० सदस्यीय कार्यदल बन्ने

काठमाडौं- नेकपा एमालेको आन्तरिक समस्या समाधान गर्न दुबै तर्फबाट पाँच-पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ ।
कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्ने वार्तापछि नेता माधव नेपालले पत्रकारहरुलाई जानकारी गराए ।

कार्यदलका अन्य सदस्यहरूमा अध्यक्ष केपी ओलीका तर्फबाट, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शंकर पाेखरेल र विष्णु रिमाल तथा नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहने छन् ।


Published :२ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media