नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट भेटियो

काठमाडौं– नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनकोको समन्वयमा गरिएको परीक्षणमा ९७ प्रतिशत (३४ वटा) बी.१.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको छ । मन्त्रालयका अनुसार नयाँ पत्ता लागेसँगै नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।

नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले गत मे १० मा भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो । ‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भनेका छन्। ‘ संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपिल गर्दछौं ।’

 


Published :४ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media