नेप्सेमा उच्च अंकको गिरावट

राष्ट्रपाटी न्युज

असार २४, २०८३

काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो दिन मंगलबार २४.५७ अंकले बढेको नेप्से परिसूचक यसदिन ३०.०९ अंकले घटेर बन्द भएको हो। नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४० करोड बराबरको कारोबार भएको थियो।

यसदिन ३६२ वटा स्क्रिप्सको  ८४ लाख ६३ हजार १५ कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएकामध्ये २५ वटा स्क्रिप्सको मूल्य बढ्दा २४७ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यस दिन घट्यो।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए। सो बैंकको सेयर १३.४१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा  ११ प्रतिशत केबीएल डिवेन्चर २०८९ शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ६२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। म्युचुअल फण्डबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।


Published :असार २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media