प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठविरुद्ध कांग्रेसको उजुरी

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।कांग्रेस संसदीय दलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु निर्वाचन आचारसंहिताविपरीत रहेकोले कानून बमोजिम कारवाही गर्न माग गरेको हो ।

कांग्रेस संसदीय दलका तर्फबाट निर्वाचन आयोगलाई औपचारिक पत्र लेखेर निर्वाचन आयोग आचार संहिता, २०७२ को दफा ५ घ (३), (५) र (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाही गर्न माग गरिएको हो । कांग्रेस संसदीय दलका अधिकृत बिजयेन्द्र वीर आलेद्वारा आयोगलाई संप्रेषित पत्र यस्तो छ ।


Published :६ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media