महाधिवेशनमा मतदानको अधिकार हनन भएकाे भन्दै रास्वपा प्रतिनिधि धर्नामा

राष्ट्रपाटी न्युज

असार १२, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले धर्ना दिएका छन् ।

चितवन प्रदर्शनी केन्द्रमा भइरहेको निर्वाचनका क्रममा मतदानका लागि तोकिएको समय सकिएपछि पुगेका प्रतिनिधिहरूले आफूहरूको मतदानको अधिकार हनन भएको आरोप लगाउँदै निर्वाचनस्थल बाहिर धर्नामा बसेका हुन् ।

धर्नामा बसेका प्रतिनिधिहरूले आफूहरू वैध प्रतिनिधि हुँदाहुँदै पनि मतदानबाट वञ्चित गरिएको दाबी गरेका छन् ।

धर्नाका कारण निर्वाचनस्थल बाहिर केही समय तनावपूर्ण अवस्था सिर्जना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उल्लेख्य परिचालन छन् ।

रास्वपाको नेतृत्व चयनका लागि भइरहेको पदाधिकारी निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको छ । मतदान प्रक्रियामै विवाद देखिएपछि निर्वाचनको निष्पक्षता र व्यवस्थापनबारे पनि प्रतिनिधिहरूले प्रश्न उठाएका छन् ।


Published :असार १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media