फेरी प्रतिनिधिसभा विघटन

काठमाडौं, ८ जेठ । मन्त्रिपरिषद बैठकले सिफारिश गरेपछि राष्ट्रपति विधा भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् । राष्टपतिले धारा ७६ को ५ अनुसार सरकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको ठहर गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ ।


Published :८ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media